काठमाडौं- बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा माधव नेपालको संलग्नाबारे प्रमाण बुझ्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको मुद्दामा सर्वोच्च अदालतले अख्तियारका नाममा प्रमाण बुझ्न आदेश गरेको हो।न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आदेश दिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारसहित चारलाई विपक्षी बनाएर नेपालसमेतलाई मुद्दा चलाउन माग गर्दै रिट दायर गरेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११० जनाविरुद्ध मुद्दा दायर गरेको थियो।