महेन्द्रनगर । कञ्चनपुरमा कोभिड विरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ । आईतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले दोस्रो चरणको पहिलो खोप लगाएर खोप अभियान सुरु गरेका हुन । त्यसपछि नेपाल प्रहरीका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले कोभिड विरुद्धको खोप लगाएका हुन । दोस्रो चरणमा जिल्ला स्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, पत्रकारहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरु, पहिला छुट भएका स्वास्थ्यकर्मीहरु, स्वास्थ्य स्वयं सेवक, एम्वुलेन्स तथा शव वाहन चालकहरुले खोप लगाउने छन । लाभग्राहीहरुले खोप लगाउन आउँदा परिचयपत्र साथमा ल्याउनु पर्नेछ । दोस्रो चरणको खोप अभियान ८ सम्म सञ्चालन हुनेछ ।