डडेल्धुरा : किशोरी बलात्कार तथा हत्याको विरोध गर्दै डडेल्धुरामा डोको आन्दोलन गरिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा स्थानीय युवा समाजसेवीले डोको आन्दोलन गरेका हुन् ।महिला हिंसा, किशोरी बलात्कार तथा हत्या महंगी, भ्रष्टाचार, घुसखोरी, भोकमरी, बेरोजगारी लगायतका विकृतिको भारी जनताको बोकेको प्रतिकको रुपमा डोको आन्दोलन गरिएको स्थानीय समाजसेवी तिलक हमालले जानकारी दिनुभयो । यसअघि कञ्चनपुरकी निर्मला पन्त, बझाङकी सम्झना कामीको बलात्कार पछि हत्या भएको समयमा पनि हमालको समूहले डडेल्धुरामा प्रदर्शन गरेको थियो । ‘फोहोरी राजनीतिले बनायो भरिया’ नामक सडक डोको आन्दोलनमा स्थानीयहरूको पनि समर्थन गरेका छन् ।