काठमाडौँ — नेकपा रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ । बिहीबार प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । झाँक्री पक्राउविरुद्ध अधिवक्ता गुणराज आचार्य बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत गएका हुन् । उक्त निवेदन सर्वोच्च प्रशासनले दर्ता गरेको र आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।