काठमाण्डौँ : नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २३ जनाको कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ४३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ६६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५२ को मृत्यु भएको छ ।