महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थीत कर्बडहलमा तेस्रो स्व.साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ । जिल्ला हक्की संघ कञ्चनपुरको आयोजनामा तेस्रो स्व.साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता बुधबारदेखी कर्बडहलमा सुरु भएको हो ।
प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले जितको सुरुवात गरेका छन । विभागीय टोली नेपाल आमी र गण्डकी प्रदेश बिच भएको प्रतिस्प्रर्धामा नेपाल आर्मी २–० ले विजयी भएको छ । त्यसैगरी प्रतियोगिताको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ बिच प्रतिस्प्रर्धा भएको थियो । सुदूरपश्चिम प्रदेशले ४–० जीत हासील गरेको हक्की खेलाडी कान्तुराम पनेरुले जानकारी दिए ।
नेपाल आर्मीको तर्फबाट निलिमा पाण्डेय र सानी खड्काले १–१ गोल गरे भने सुदुरपश्चिमबाट बिन्दु रावलले ३ र लक्ष्मी बमले १ गोल गरे ।
प्रतियोगितामा प्रदेश १,२,गण्डकी प्रदेश,सुदूरपश्चिम प्रदेश र विभागीय टोली नेपाल आर्मी सहभागी छन । प्रतियोगिता फागुन २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।