काठमाडौं:  नेपाली कांग्रेसले बैतडी दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटना अध्ययनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।

सभापति शेरबहादुर देउवाले भागरथी हत्या प्रकरणको अध्ययनका लागि केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका हुन्। घटनाबारे स्थलगत अध्ययन गरि यथार्थ प्रतिवेदन पेश गर्न सभापति देउवाले नेता लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाएको जनाइएको छ।