26.8 C
Mahendranagar

सुदूरपश्चिम प्रदेश स्तरिय फुटबल लिग हुने

  • 79
    Shares

नविन भट्ट/रमेश कार्की

कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश स्तरीय फुटबल लिग आयोजना हुने भएको छ । बिहिबार देखी महेन्द्रनगर स्थीत खुला मञ्चमा प्रतियोगिता सञ्चालन हुने सुदुर पश्चिम प्रदेश फुटबल संघले जनाएको छ । बुधबार महेन्द्रनगमा पत्रकार सम्मेलन गर्दै संघले पहिलो पटक प्रदेश स्तरीय फुटबल लिग हुने जनाएको हो ।
सुदुरपश्चिम प्रदेश फुटबल संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठले यसअघि क्षेत्रीय लिग हुने भएपनि यसपटक प्रदेश स्तरीय लिग आयोजना हुने बताए । बिहिबार लिगको पहिलो खेल कैलालीको निसर्ग स्टार सिटि र दिपज्योती क्लब हल्दुखाल बिच प्रतिस्प्रधा हुने आयोजकले जनाएको छ । त्यसपछि फागुन १ गते यि दुबै टिमहरुले कैलालीमा गएर प्रतिसपर्धा गर्ने छन अध्यक्ष श्रेष्ठले जानकारी दिए । “यि दुबै टिम मध्ये बिजेता टिमले एन्फा प्रधानमन्त्री कपका लागी छनोट हुनेछ ।” क्षेष्ठले भने–“ यि दुबै टिमहरुले जिल्ला भित्रका स्थानीय टिमहरु संग प्रतिसपधा गरेर २०७६ सालमा जितेका थिए ।” प्रधानमन्त्री कपका लागि छनोट भएका यी दुबै टिमको खेल कोरोना महामारीका कारण स्थगित भएको थियो ।
अहिले कोरोनाको जोखिम कम भए संगै उक्त लिग सुरु गरिएको हो । उक्त लिग सञ्चालन गर्नका लागी करिब ४ लाख खर्च लाग्ने र त्यो मध्ये ३ लाख एन्फाले उपलब्ध गराएको बाकि रकम संघले स्थानीय स्तरबाट जुटाएको सुदुरपश्चिम प्रदेश फुटबल संघका महासचिब अम्रित शाहले जानकारी दिए ।

  • 79
    Shares

ताजा समाचार

ओलीका कारण देश गम्भिर मोडमा : नेता बडू

काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...

संक्रमितको संख्या बढ्यो, आइसोलेशनको अभाव

नयाँ वर्ष नजिकएसँगै पश्चिमी सीमानाकाबाट घर फर्किने नेपालीहरुको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी र गौरीफन्टा नाकाबाट अहिले...

तत्काल कुनै पनि क्षेत्र बन्द नहुने, जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गरिने

काठमाडौं : सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा...

बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद

आफूमाथि सामूहिक बलात्कार भएको दावी गर्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी छन् ।

सुदूरपश्चिममा तीन जनामा कोरोनाको नयाँ भेरियन्ट

धनगढी : डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण...