25.9 C
Mahendranagar

उच्च शिक्षामा सुदूरपश्चिम विश्वविद्यालयको कमान्ड

  • 310
    Shares

महादेव अवस्थी/महेन्द्रनगर

२०६७ सालमा नेपाल सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएको हो। २०६९ सालमा महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई केन्द्रीय क्याम्पसका रूपमा समायोजन गरेर शैक्षिक कार्यक्रमहरू सञ्चालन सुरु गरिएका छन्।

विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा १५ वटा क्याम्पसहरूबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ। स्नातक तहमा २२ वटा र स्नातकोत्तर तहमा १० वटा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्। यसै शैक्षिक सत्रदेखि स्वास्थ्य विज्ञान संकाय तथा कानुन संकाय पनि सञ्चालन भएको छ। मानविकी तथा सामाजिक शास्त्र तथा व्यवस्थापन संकायमा एमफिल र पीएचडी कार्यक्रम पनि यसै शैक्षिक सत्रदेखि भर्ना सुरु गरिसकेको विश्वविद्यालयले जनाएको छ।

२०६९ सालदेखि महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेर सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमहरू २०७५ सालबाट मात्रै अन्य १४ वटा क्याम्पस समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालनमा आएका थिए। मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, इन्जिनियरिङ संकाय र कृषि विज्ञान संकायका शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन्।विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। स्नातक तहमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पस गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने स्नातकोत्तर तहमा १ हजार ८२ विद्यार्थी अध्यनरत छन्।

उच्च शिक्षा हासिल गर्नका लागि सुदूरपश्चिमबाट काठमाडौं अथवा अन्य जिल्लामा जानुपर्ने बाध्यता विश्वविद्यालय स्थापनापछि हटेको छ। सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालयले कमान्ड गरेको छ। दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहज रूपमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गरेको छ। विश्वविद्यालयले एमफिल र पीएचडी पनि सञ्चालन गरेपछि यहाँका विद्यार्थीमा थप उत्साह थपिएको छ भने लाखौं खर्च गरेर उच्च शिक्षा अध्ययन र पीएचडीका लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको छ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातक दोस्रो सेमेस्टरमा अध्यनरत नवीन भट्टले एमफिल र पीएचडीमा भनाए सुरु गर्दा उत्साह थपिएको बताए। ‘घर नजिकैको विश्वविद्यालयमा एमफिल र पीएचडी अध्ययन गर्न पाउने कुराले खुसी छु’ उनले भने। ‘अब अध्ययनका लागि अन्यत्र जानु नपर्ला।’

देशकै सुदूरमा अवस्थित विश्वविद्यायलयले शैक्षिक क्षेत्रमा फड्को मारेको विश्वविद्यालय सभाका सदस्य लीलाध्वज बस्नेतले बताए। ‘घरआगँनमा पीएचडी गर्न पाउँदा यहाँका विद्यार्थी र अभिभावक हर्षित भएका छन्’ उनले भने। ‘विश्वविद्यालयले गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना हुने शिक्षा प्रदान गर्नेछ र विश्वसँग प्रतिस्पर्धा गर्नेछ।’ उनले राष्ट्रका लागि आवश्यक जनशक्तिसमेत विश्वविद्यालयले उत्पादन गर्ने बताए। त्यसैगरी विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन टेकराज पन्तले बताए। ‘अब विश्वविद्यालयले युग सुहाँउदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ’ उनले भने । उनले सुदूरमा उच्च शिक्षाको विकास र विस्तार गनुपर्नेमा जोड दिए।

पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आधारमा हुने नियुक्तिले भने विश्वविद्यालयको संस्कार माथि प्रश्न उठेको छ। विश्वविद्यालयमा राजनीति हुनु गलत भएको भन्दै नागरिक स्तरबाट चर्को विरोधसमेत भएको छ। विश्वविद्यालयका पूर्वडिन पन्तले क्याम्पसमा राजनीतिको दुरुपयोग भएको टिप्पणी गरे। ‘जब विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुन्छ, त्यहीबाट विसंगति सुरु हुन्छ’ उनले भने। ‘प्राध्यापकहरूले आफ्नो वौद्धिकता बिर्सेर राजनीतिक दलका पछाडि चाकरी गर्नु निन्दनीय हो।’ उनले समाजलाई बाटो देखाउने मान्छेले अन्धो नहुनु पर्ने बताए।

विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयमा थप शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको बताए। ‘हामीले यसै शैक्षिक सत्रदेखि एमफिल, पीएचडी र बीए एलएलबीलगायतका कार्यक्रमहरू थप गरेका छौं, भर्ना सुरु भइसकेको छ’ उनले भने। ‘अन्य थप शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि हामीले गृहकार्य गरिरहेका छौं, सम्भवतः अर्को शैक्षिक वर्षदेखि सुरुआत गर्नेछौं।’

सुदूरपश्चिममा १४ वटा क्याम्पसलाई २०७५ सालमा समायोजन गरेको भए पनि कैलालीको कैलाली बहुमुखी क्याम्पसलाई यस वर्ष समायोजन गरेको उनने बताए। त्यसैगरी केन्द्रीय क्याम्पस अन्य आंगिक क्याम्पसमा भौतिक पूर्वाधारको अभाव भएकाले भौतिक संरचना निमार्ण गर्न समेत पहल गरिरहेको उनको भनाइ छ।

हरेक ६ महिनामा हुनुपर्ने विश्वविद्यालयको सभा (सिनेट बैठक) दुई वर्षसम्म हुन नसक्दा विश्वविद्यालयले पुँजीगत बजेट खर्च गर्न सकेको थिएन। ‘सिनेट बैठक सम्पन्न भएको छ हामीलाई काम गर्ने बाटो खुलेको छ’ उनले भने। ‘अब भौतिक संरचना र विश्वविद्यालयका अन्य गतिविधिले गति लिन्छ।’

  • 310
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...