पुर्व सांसद तथा नेपाली कांग्रेस कञ्चनपुरका पुर्वसभापति गंगादत्त जोशीको बुधबार बिहान ह्रदयघातका कारण मृत्यु भएको छ ।
केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका ८४ बर्षीय पुवं सांसद जोशी आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा माटोमै ह्रदयघात भएको नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिब ईश्वरीप्रसाद जोशीले जानकारी दिनुभयो ।
“नीतिनीको स्कूटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा घर नजिकै ह्रदयघात भयो ।” सचिब जोशीले भन्नुभयो–“ उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजादैगर्दा बाटोमै मृत्यु भएको खबर छ ।”
उहाँले शव महाकाली अस्पतालमा राखिएको जानकारी दिदैं सचिब जोशीले परिवारका सदस्यहरुसितको सल्लाहमा दाहसंस्कार गरिने बताउनुभयो ।
वृद्धअवस्थामा पनि राजनितीमा सक्रिय जोशी उच्च रक्तचापको औषधी लिदै आएको समेत बुझिएको छ ।