32.9 C
Mahendranagar

जिमुवा क्षेत्रबाट भन्सार छलि गरी ल्याउदै गरेको ८० किलो माछा बरामद

  • 73
    Shares

कञ्चनपुर

प्रहरीले अवैध तरिकाले भारतबाट भित्र्याउदै गरेको ८० किलो माछा बरामद गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीको गस्तीले भीमदत्त नगरपालिका १० बाट अवैध तरिकाले भित्र्याउदै गरेको ८० किलो माछा बरामद गरेको हो ।

भन्सार छलि गरी भित्र्याउदै गरेको अवस्थामा प्रहरीको गाडीलाई देखे भागेपछि वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी निरीक्षक अमर बहादुर माझीको टोलीले जिमुवा क्षेत्रबाट उक्त माछा बरामद गरेको हो । प्रहरीका अनुसार स्कुटीमा आउदै गरेका व्यक्तिले प्रहरीको गाडीलाई परैबाट देखेपछि बोरा भुईमा फालेर भागेका थिए ।

प्रहरीको बरामद गरिएको माछालाई स्थानीयको सहयोगमा खाल्डो पुरेको जनाएको छ ।

  • 73
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...