कञ्चनपुर : महाकाली नदीको बहाव बढेर नदीको बिचमा फसेका २० जनाको प्रहरीले सकुसल उद्धार गरेको छ ।

भारतको टनकपुरस्थित एनएचपीसीले टनकपुर पावर हाउसको पानी सफा गर्नका लागि पानी छोडेपछि महाकाली नदीमा बहाव बढेको थियो । महाकाली नदीमा पानीको बहाव बढे पछि भीमदत्त नगरपालिका–१२ भुजेलाघाटमा मलामी गएका २० जना नदीको बिच भागमा रहेको टापुमा फसेका थिए । जिल्ला प्रहरी कार्यालय र बिपद् व्यवस्थापन गुल्म महेन्द्रनगरको टोलीले पानीको बहाव बढेपछि नदीमा फसेका २० जना मलामीलाई उद्धार गरेको डीएसपी अमर थापाले बताएका छन् ।