काठमाण्डौँ : सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार (आज) अर्थ मन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा निर्वाचन आयोगलाई उक्त रकम उपलब्ध उपलब्ध गराएको बताएका हुन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि खर्च उपलब्ध गराइदिन आग्रह गरेको थियो । आजै प्रधानमन्त्री ओलीले आगामी बैशाख वैशाख १७ र २७ गरि दुई चरणमा निर्वाचन गर्नेको तयारी तीव्र बनाउन निर्देशन दिनु भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुष ५ गते प्रतिनिसभा संसद विघटन गर्नु भएको थियो । उता संसद विघटबिरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस जारी छ ।