काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग पुगेका प्रधानमन्त्री ओलीले विगतको आफ्नो पृष्ठभूमि बताउँदै आधिकारिकताको दाबी गरेका हुन् ।

अध्यक्षको निर्देशनमा महासचिवले बोलाएको बैठकबाहेक अरू आधिकारिक नहुनेसमेत उनले दाबी गरेका थिए ।

‘म सूर्य चिन्हमा लड्दै आएको हो । प्रतिनिधि सभा विघटन गर्दा पनि सूर्य चिन्हमै लडेर आएको थिए । म नेकपा एमालेको निर्वाचित अध्यक्ष हो । नेकपा एमाले भन्नेबित्तिकै सूर्य चिन्ह आइहाल्छ,’ ओलीले भने ,’हँसिया-हथौंडाको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सूर्यका तर्फबाट मैले पार्टी एकता गरेको हो । अरू सबै पदाधिकारी हामीले मनोनयन गरेको हो ।’