काठमाण्डौँ : नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३०९ जनाको पिसिआर परीक्षण गर्दा १६० जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा ९९ महिला र ६१ पुरुष छन् । यससँगै देशभर २ लाख ७२ हजार २१५ जनामा कोभिड१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ ।

आज कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ यससँगै देशभर मृत्यु हुनेको संख्या २०४७ पुगेको छ ।