काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिएलगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन प्रधानमन्त्री ओली शितल निवास गएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको थियो ।