काठमाण्डौँ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ मंगलबार नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधन भएका कारण मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आजको इजलासमा जानकारी दिएका हुन् ।

बुधबारदेखि इजलास पुनः निरन्तर रुपले हुने जबराले बताए । पाण्डेको सोमबार बिहान वानेश्वर स्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ ।