नवीन भट्ट / महेन्द्रनगर
कञ्चनपुर चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधी रमेश पायडेय र दान वहादुर विष्टले हात पारेका छन ।
आईतबार महेन्द्रनगर स्थीत कबर्डहलमा भएको फाईनल खेलमा ईश्वरी दत्त भट्ट र पवन जोशीको टीमलाई पराजीत गर्दै पाण्डेय र विष्ट उपाधी हात पार्न सफल भएका हुन । विजेताले ट्रफी र रु १२ हजार नगत पुरस्कार समेत हात पारेका छन । उपविजेता बनेका ईश्वरी दत्त भट्ट र पवन जोशीले पनि ट्रफी सहित रु ६ हजार नगत पुरस्कार हात पार्न सफल भएका छन । त्यसैगरी प्रतियोगिताको तृतीय बनेका राम वहादुर ठकुरमठी,वीर वहादुर खत्री र महेश भट्ट र धिरज चन्दले रु ३÷३ हजार नगत पुरस्कार प्राप्त गरे ।
शुक्रबारदेखी सुरु भएको प्रतियोगिताको समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले विजेता टीमलाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए । समापन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी महतोले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद फाईदाजनक भएको बताउँदै यसको विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमका सभापति कञ्चनपुर चेम्बर अफ कमर्सका अध्यक्ष शुसील पाण्डेयले कोरोना महाकारीका कारण थला परेको खेलकुद क्षेत्रलाई चलायमान बनाउन प्रतियोगिताले बल पुगेको बताए । उनले प्रतियोगिताले ब्याडमिन्टन खेलाडीहरुमा उत्साह थपिएको बताए ।खेल समापन समारोहमा कञ्चनपुरका प्रहरी प्रमुख उमा प्रसाद चर्तुवेदी,भीमदत्तनगरपालिका वडा नं.४ का वडा अध्यक्ष लक्ष्मी बोहरा,चेम्बर अफ कमर्सका उपाध्यक्ष सुवास पन्त,महासचिव लिलाधर जोशी,हेल्प नेपालका अध्यक्ष मदन चन्द, खेलाडी लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन राजेन्द्र जोशीले गरेका थिए ।
चेम्बर कपको उपाधी पाण्डेय र बिष्टलाई
- 48Shares

- 48Shares