32.9 C
Mahendranagar

उत्तराखण्डमा हिमनदी फुटेर भीषण बाढी, हाइड्रोमा काम गर्ने डेढ सय मजदुर बेपत्ता

  • 388
    Shares

काठमाडौं– भारतको उत्तराखण्डमा पर्ने चमोली जिल्लाको जोशीमठमा हिमनदी फुटेपछि धौलीगंगा र अलकनन्दा नदीमा ठूलो बाढी आएको छ।

बाढीले नदी आसपासका कैयौं घर बगाएको छ।  नदीमा बाढी आएपछि आसपासका गाउँबाट स्थानीयलाई सुरक्षित स्थानमा लैजान सुरु गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार ऋषिगंगा पावर प्रोजेक्टमा काम गर्ने १५० जना मजदुर बेपत्ता भएका छन्।  नदीका कैयौं तटबन्ध भत्किएको बताइएको छ। बाढीका कारण ऋषिगंगा परियोजनामा पनि क्षति पुग्ने आशंका गरिएको छ।उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत घटनास्थलतर्फ गएका छन्। उनले ट्विट गरेर अफवाहमा ध्यान नदिन र पुराना भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न अनुरोध गरेका छन्।

  • 388
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...