25.9 C
Mahendranagar

अपराध अनुसन्धानमा अत्याधुनिक प्रविधि भित्र्याउँदै प्रहरी

  • 70
    Shares

अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनाउन नेपाल प्रहरीले दुई अत्याधुनिक प्रविधि भित्र्याउने भएको छ । अपराधीलाई सहजै पक्राउ गर्न ‘सिम लोकेटर’ तथा सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धानका लागि ‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रयोग गर्ने प्रहरीको तयारी छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘सिम लोकेटर’ प्रणाली जडान गर्न लागेको हो । जुन अन्तिम चरणमा पुगेको ब्युरोका निर्देशक डिआइजी सहकुल थापाले बताए । सिआइबीले यसका लागि गत वर्ष नै टेन्डर गरेको थियो । पुसभित्रै जडान हुनुपर्ने भए पनि कोभिड–१९का कारण केही सामान आपूर्तिकर्ताले दिइ नसकेको सिआइबीले जनाएको छ । अबको एक महिनाभित्रै सो प्रविधि जडान हुने डिआजी थापा बताउँछन् ।
‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रहरीको साइबर ब्युरोले जडान गर्न लागेको छ । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेपछि नियन्त्रणका लागि यस्तो प्रविधि प्रयोग गर्न लागिएको छ । जसको हालै टेन्डर स्वीकृत भएको छ ।

सिम लोकेटर : पाँच मिटरमा भेटिनेछन् अपराधी
स्विडेनको ‘फोर इन्टेलिजेन्स डटकम’ नामक कम्पनीमार्फत सिम लोकेटर खरिद हुन लागेको हो । करिब साढे सात करोड करोड रुपैयाँ लागतमा यो प्रविधि जडान गर्न लागिएको हो । अपराध अनुसन्धानमा प्रहरीको प्रमुख माध्यम मोबाइल हुँदै आएको छ । मोबाइलकै माध्यमबाट यो सिस्टमले काम गर्ने हो । यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुने सिआइबीका डिआइजी थापा बताउँछन् । यो प्रविधि जडान गरेपछि प्रहरीले मोबाइलको माध्यमबाट सहजै अभियुक्त पक्राउ गर्नेछ । यसका लागि लोकेटर लिएर प्रहरी फिल्डमै जानुपर्ने हुन्छ ।

ब्युरोका एक अधिकारीका अनुसार यो प्रविधिले शंकित व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत प्रहरीलाई दिन्छ । हाल कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ । तर, त्यो क्षेत्रमा कुन ठाउँमा छन् भन्ने पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो हुन्छ । कुनै स्थान पहिचान भएमा सिम लोकेटरले कुनै दिशामा कति मिटर टाढा छ भनेर देखाउनेछ । जसले शंकित व्यक्ति सहजै पक्राउ पर्नेछन् ।

यसले सामान्यदेखि ठूला अपराध अनुसन्धानमा समेत धेरै सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी कुनै पनि व्यक्ति रहेको स्थान पहिचान गर्नुअघि प्रहरीले अदालतबाट अनुमति भने लिनुपर्ने हुन्छ । हाल कल डिटेल, एसएमएस तथा लोकेसेन लिन प्रहरीले अदालतको अनुमति लिनुपर्ने हुन्छ । तत्कालका लागि सिआइबीसँग यस्तो एउटा मात्र प्रविधि हुनेछ । कम्तीमा सातै प्रदेशमा एक–एकवटा सिम लोकेटर पु¥याउने प्रहरीको तयारी छ । सिस्टम खरिद भइसकेपछि सिम लोकेटर मेसिन मात्र खरिदका लागि भने करिब एक करोड रुपैयाँ पर्नेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लाग्ने
बढ्दो साइबर अपराध नियन्त्रणका लागि प्रहरीले ओपन स्पेस इन्टेलिजेन्स सिस्टम खरिदका लागि पनि सिंगापुरको कम्पनी छनोट गरेको छ । सो कम्पनीले करिब तीन महिनामा सामान आपूर्ति गर्ने साइबर ब्युरोले जनाएको छ । यो प्रविधिबाट ‘डार्कनेट’मा हुने अपराध पहिचान गर्न सहज हुने ब्युरोका अधिकारीहरू बताउँछन् । कुनै कुरा शंकास्पद लागेमा सजिलै खोज्न सकिने तथा इन्टरनेटका डाटा प्रशोधन गर्न सकिनेछ । यसले इन्टरनेटमा हुने शंकास्पद गतिविधिको समेत प्रहरीले सूचना पाउनेछ ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लगाउन सकिने प्रहरी अधिकारी बताउँछन् । ह्याकिङलगायत गतिविधि नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुनेछ । यो प्रविधि पनि करिब सात करोड रुपैयाँमा खरिद हुन लागेको हो । अत्याधुनिक प्रविधिको माध्यमबाट हुने अपराध बढेको र त्यससँग जुध्न प्रहरीले पनि अपराध अनुसन्धानमा प्रविधिकै प्रयोग बढाउँदै लगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

  • 70
    Shares

ताजा समाचार

व्याडमिन्टन संघको अध्यक्षमा भट्ट निर्वाचित

महेन्द्रनगर : कञ्चनपुर जिल्ला व्याडमिन्टन संघको अध्यक्षमा मिनराज भट्ट (मनोज) निर्वाचित भएका छन् । मंगलबार संघको १३ औं अधिवेशनबाट महेन्द्रनगरका भट्ट...

विप्लवसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

 काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर...

राजेन्द्र महतोको प्रश्न राष्ट्रवाद धोती र टोपीमा खोज्ने हो ?

महेन्द्रनगर : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कांग्रेस र कम्युनिष्टहरुले राष्ट्रघात गरेको आरोप लगाएका छन ।मङगलबार महेन्द्रनगरमा संचारकर्मीहरु संगको भेटमा...

तानातानमा सांसद

काठमाडौँ : दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगन्ज विमानस्थलबाट काठमाडौं ओर्लिए । काठमाडौं विमानस्थलमा उत्रनेबित्तिकै...

बर्दियामा बाघले फेरि मान्छे खायो

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण...