धनगढी । कैलालीको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका-९ को पूर्वखैरीफाँटाका तीन महिलाको शनिबार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएका छन् । घाइते दुबैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।