प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदम असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसले देशभरि प्रदर्शन गर्दैछ ।

कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रर्दशन गर्न लागेको सह–महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिएका छन् ।ओलीको असंवैधानिक कदमविरुद्ध ७७ जिल्लामा विरोध प्रर्दशन गर्न लागेको डा.महतले बताए ।नेपाल ट्रेड यूनियन कांग्रेससहित १८ शुभेच्छुक संस्थाले विरोध प्रर्दशन गर्नेछन् ।शनिबार मध्यान्ह १२ बजे देखि १२ः३० बजेसम्म देशका ७७ वटै जिल्लामा मानव साङ्लोसहित प्रर्दशन गरिने डा.महतले बताए ।

काठमाडौंको टुँडिखेल आसपासमा कालोपट्टीसहित मानव साङ्लो निर्माण गरिनेछ ।विरोधका लागि कालो मास्क प्रयोग गरिने कांग्रेसको शुभेच्छुक संस्थाहरूले जनाएका छन् ।कांग्रेसले प्रधानमन्त्री ओलीद्वारा संसद भङ्ग गरेपछि असंवैधानिक भनेर विरोध गर्दै आएको छ । कांग्रेसले निरन्तर प्रदर्शनहरू गर्दै आएको छ ।कांग्रेसले संसद भङ्ग भएको मुद्धा सर्वोच्च अदालतमा रहेको भन्दै न्यायालयलाई प्रभावित बनाउने गरेर कुनै पनि गर्न नहुने जनाउँदै आएको छ । कांग्रेसले सर्वोच्च अदालतबाट आउने अन्तिम फैसलालाई स्वीकार गर्ने जनाइसकेको छ ।