महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा.न.६ मौरीफाँटा स्थीत टुलटुले खोलामा ४ करोडको पक्की पुल निमार्ण हुँदैछ ।
हिउँदका पानि नहुनेँ र बर्षादमा मात्रै थोरै पानी हुने भएकोले स्थानीयले त्यहाँ कलभर्ट निमार्णको लागि माग गरेका थिए । तर कलभर्ट निमार्ण गर्नुपर्ने ठाउँमा राज्यकोषको दुरुपयोग गर्दै करोडौको पुल निमार्ण भएको छ । बर्षादका समयमा पनि उक्त खोलामा त्यती गहिरो पानी नहुँने स्थानीयको भनाई छ । कृष्णपुर नगरपालिका वडा.न.६ का अध्यक्ष नाथु राम चौधरीले उक्त खोलामा पुलको आवश्यकता नरहेको बताए । “त्यती ठुलो पानी बग्ने खोला होईन व्यवस्थीत कलभर्ट भएपनि हुनेथियो ।” अध्यक्ष चौधरीले भने–“बर्षादमा पनि त्यती ठुलो पानी बग्दैन अहिले त्यती ठुलो पुलको आवश्यकता छैन पछिको लागि ठिकै हो ।” उनले जनप्रतिनिधि आउनु अगाडीबाट पुल निमार्णको काम सुरु भएको बताए । उनका अनुसार उक्त खोलामा नजिकैको मुहानबाट पानी बग्छ । हिउँदको समयमा थोरै पानी हुन्छ भने बर्षादको समयमा अलिबढी पानी बग्छ । पानी बिनाको खोलामा यसरी करोडौको पक्की पुल निमार्ण गरेर राज्यकोषको दुरुपयोग भएको स्थानीयको भनाई छ ।
२०७४ बैशाखबाट निर्माण सुरु भएको उक्त पुलको दोस्रो पटक म्याद थप हुँदा समेत निमार्ण सम्पन्न भइसकेको छैन ।
२०७५ कार्तिक २० सम्ममा निर्माण गरि सक्ने लक्ष्य पाएको राजेन्द्र निर्माण सेवाले काम पुरा गर्न सकेको छैन । पाँच करोड ३४ लाख ८६ हजार बजेट रहेको उक्त पुल निर्माणका लागि चार करोड ४१ लाखमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । लकडाउनका कारण सरकारले ६ महिना म्याद थप गरेको भएपनि ठेकेदार पक्षले उक्त अवधिमा पनि काम सकेको छैन ।