महेन्द्रनगर । शनिबार देखी बैतडीको झुलाघाट नाका खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले शनिवार देखी सुरक्षाका मापदण्ड पालना गरेर आवत जावत गर्न सकिने जनाएको छ ।सरकारले गरेको निर्णय भारतीय पक्षलाई पठाएपछि दुवै देशको सहमतीमा नाका सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले गत चैतदेखि नै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको थियो। लामो समयपछि नाका खुल्दा सीमावर्ती झुलाघाट बजारका व्यापारी खुसी भएका छन्।