काठमाण्डौँ : पछिल्लो २४ घण्टामा २ हजार ७९९ जनाको कोरोना परीक्षण गर्दा १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २ लाख ७१ हजार ७०७ जना पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय ७२ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या २ हजार १०८ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।