काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भुमरीमा जान नदिने प्रतिबद्धता जनाएका छन् ।

शुक्रबार आफू अध्यक्ष रहेको नेकपाको बागमती प्रदेश कमिटीले काठमाडाैंको राजमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् । 

‘उहाँहरू भन्नुहुन्छ, अब शाकाहारी आन्दोलनलाई हुँदैन भनेर । शाकाहारी आन्दोलन हुदैन भनेको के हो? चिकेन चिल्ली खान्छु भन्या हो? उहाँले नरभक्षी आन्दोलन गर्न खोजेको हो’ उनले भने, ‘म उहाँहरूलाई भन्दिन चाहन्छु नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्तैन । नेपाल शान्तिपूर्ण । अब नेपाल अशान्ति र हिंसाको भुमरीमा जान सक्दैन ।’