कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विभिन्न स्थानबाट झण्डै २ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा पुनर्वास नगरपालिका वडा नम्बर ६ ङ गाँउमा बेवारिसे अवस्थामा १४ हजार मूल्य बराबरको ४ कट्टा चिनी फेला पारी आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय त्रिनगर कैलाली पठाएको छ । 

त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर ७ टेडियामा बेवारिशे अवस्थामा १२ हजार ५ सय मूल्य बराबरको १० कट्टा केराऊ र ५० हजार मूल्य बराबरको फ्रिज बरामद गरि आवश्यक कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाईएको छ ।

प्रहरीले कृष्णपुर नगरपालिका वडा नम्बर २ मछलीपुलमा लालझाडी गाउँपालिका वडा नम्बर ४ जाईका ३५ वर्षीय  मानसिंह राना र सोही स्थान बस्ने रामदाश रानालाई अवैध सामान सहित पक्राउ गरेको छ । उनीहरूको साथबाट से. २ प. ४४४८ नम्बर र से.१ प. १४७० नम्बर गरि दुइवटा मोटरसाइकल प्रयोग गरि भारतबाट अवैध रुपमा ल्याउदै गरेको १४ हजार ३ सय मूल्य बराबरको ६५ किलो माछा बरामद गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।