32.9 C
Mahendranagar

आमहड्तालमा प्रभावित भएका नागरिक र सवारीसाधनको क्षतिपूर्ति सरकारले दिन्छ: ईश्वर पोखरेल

  • 66
    Shares

काठमाण्डौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

शुक्रबार नेकपाको ओली पक्षले राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उक्त पार्टीका सचिवालय सदस्यसमेत रहेका पोखरेलले भने, ‘देशव्यापी रुपमा आमहड्ताल गरियो, म नेपाल बन्द गराउने जनविरोधी कामको विरोध गर्दछु ।’ गरिखाने मजदूर तथा श्रमिक वर्गले बन्दका कारण व्यहोरेको क्षतिप्रति दुःख प्रकट गर्दै उनले उनीहरुलाई सरकारले उचित क्षतिपूर्ति दिने बताए ।

उनले जस्तै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संकल्प अनुसार मुलुकमा राजनीतिक स्थिरताको कुरालाई निरन्तरता दिइरहने छौँ,’ उनले भने, ‘प्रधानमन्त्रीले आर्थिक विकास र समृद्धिको जुन सपना देख्नुभएको छ, जुन अभियान चलाउनु भएको छ, त्यसलाई हामी निरन्तरता दिनेछौं । संविधानको रक्षाका लागि निरन्तर लागिरहने छौँ ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।

  • 66
    Shares

ताजा समाचार

कर्णाली प्रदेशका मुख्यमन्त्रीको सरकार जोगियो

सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । यो सँगै कर्णालीमा शाही नेतृत्वको...

कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

महेन्द्रनगर । कञ्चनपुरमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको परिक्षणमा जिल्लाका ३१ जनामा संक्रमण पुष्टि भएको हो...

विद्यालय बन्द गर्ने अधिकार स्थानीय तहलाई

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।नेपालमा कोरोना भाइरसको...

धनगढीमा एक विद्यार्थीमा कोरोना संक्रमण

धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ती विद्यार्थीमा संक्रमण पुष्टि भएको...

कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो,अस्पतालमा बेड अभाव,संक्रमित घरमा

महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको...