कञ्चनपुरमा प्रचण्ड–नेपाल समूहको आम हड्तालको रिर्पोटिङका क्रममा पत्रकारमाथि कुटपिट भएको छ ।
महेन्द्रनगर बसपार्कस्थित चम्मन चौकमा रिर्पोटिङका क्रममा पूर्व मन्त्री समेत रहेका नेकपाका नेता उर्वादत्त पन्त, भीमदत्त नगरपालिकाका पूर्व उप मेयर ईश्वरीप्रसाद खरेल लगायतका नेताले पत्रकार मदन गिरीमाथि दुर्व्यवहार गर्दै लात्ता प्रहार गरि कुटपिट गरेका हुन ।


गिरीले हड्तालका कारण अलपत्र गरेका यात्रुहरुसँग कुराकानी गरिरहेका बेला पूर्व मेयर खरेलले को हो ? तिमी भन्दै दुर्व्यवहार गरेको र पूर्वमन्त्री पन्तले लात्ताले प्रहार गरेको दिनेशखबरलाई बताए।उनी हड्तालले बसपार्कमा अलपत्र परेका यात्रुसँग कुरा गर्न खोजिरहेकै बेला दुर्व्यवहार र कुटपिटमा परेका हुन । “भारतबाट आएका एकजना बन्दका कारढण अलपत्र परेका थिए ।” पत्रकार गीरीले भने–“कुरागर्दा गर्र्दाै पूर्व मन्त्री पन्त रईश्वरी खरेल लगायतले लात्ताले हाने ।” पत्रकार माथी कुटपीट गर्ने विरुद्ध नेपाल पत्रकार महासंघ कञ्चनपुर , सुदूरपश्चिम प्रदेश कार्यसमितिले भत्सना गर्दै दोषी माथी कडा कार्बाहीको माग गरेको छ । यस विषयमा बुझ्न पूर्व मन्त्री उर्वादत्त पन्त संग सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।