काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले किसान आन्दोलनले फेरि एक पटक जागरण ल्याएको बताएका छन् । 

बिहीबार अखिल किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले किसान आन्दोलनले परिवर्तनको खम्बाको रूपमा काम गर्ने जनाए । उनले आफू पनि राजनीतिज्ञ भए पनि बुवा र भाइ किसान रहेको भन्दै आफू पनि कृषिसँग जोडिएको बताएका हुन् । 

‘मैले आफैंले हलो जोतेर आएको, कोदालो चलाएर आएको, बिउ काडेर आएको, आफैंले गाईभैंसी दोएर आएको छु,’ उनले भने, ‘तपाईंलाई अनौठो लाग्छ होला मलाईं परालको पिर्का, काठको पिर्का, हलो तास्ने, जुवा बनाउने सबै कुरा आउँछ ।’ तर साधारण किसानले बुझेको कुरा केही नेताहरूले बुझ्न नसकेको उनले बताए ।