काठमाण्डौँ : संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले सडकमै खाना पकाएर खाएका छन् ।

कोटेश्वर चोकमा आन्दोलनकारीले बिहीबार सडकमै खाना पकाएर भेज खाना खाएका हुन् । सडकमा खाना पकाउने क्रममा प्रहरीसँग केहीबेर भनाभन र धकेलाधकेल समेत भएको थियो । प्रतिनिधि सभा विघटन विरुद्ध संघर्षरत नेकपा प्रचण्ड माधव पक्ष पछिल्लो पटक सरकारले संवैधानिक निकायहरुमा असंवैधानिक ढंगले नियुक्ति गरेको भन्दै बिहीबार एक दिन देशव्यापी आमहड्तालमा उत्रिएको हो ।