महेन्द्रनगर : प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा रहेको महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम तथा नियुक्तिकाविरुद्ध गरिएको आमहडतालका कारण बजार बन्द भएका हुन् ।

बन्दका कारण अत्यावश्यक सेवाका बाहेक सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् भने बजार व्यवसाय समेत ठप्प छन् । दुई पाङ्ग्रे सवारी साधन अटो रिक्सा र मोटरसाइकल छिटफुट रुपमा चलेका छन् । पसलहरु समेत बिहानैदेखि बन्द रहेका छन् ।