काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले राजीनामा पेश गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले राजीनामा पेश गरेको हुन् ।

संवैधानिक परिषद्को निर्णय अनुसार आज आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईले सपथ लिएका छन् । राईको नियुक्ति निश्चित भएलगतै आयुक्त जोशीले राजीनामा दिने तयारी गरेका थिए। आफूभन्दा कनिष्ठलाई प्रमुख आयुक्त बनाएको अनसन्तुष्टि व्यक्त गर्दै आयुक्त जोशीले राजीनामा दिएका हुन्।

बुधबार बिहान मात्रै प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोर कुमार सिलवाल र जय बहादुर चन्दलाई आयुक्त नियुक्त भएका छन् ।