काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको आन्तरिक गुटबन्दी र भागबन्डा छाडेर लोकतन्त्र र राष्ट्रियता बचाउने आन्दोलनमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।जनताको मतबाट लेखिएको संविधान कम्युनिस्टहरुबाट च्यातिन सक्ने खतरा रहेको बताउँदै कोइरालाले संविधान जोगाउने कार्यभार काँग्रेसको काँधमा आएको बताए।