काठमाण्डौँ : नेपालमा आज थप १४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा३ हजार ५९७ जनाको कोरोना परीक्षण गर्दा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्‍त्रालयका अनुसार हालसम्म देशभर २ लाख ७१ हजार ४३१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज २०६ जना संक्रमण मुक्त हुँदा देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् ।

आज १ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ । हालसम्म २ हजार ३१ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।