काठमाण्डौँ : अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो भने ‘ लाखौं लाख जनता सडकमा उतार्ने र गल्ती सच्याइन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।