काठमाण्डौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ७ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।

बुधबार बिहान साढे १० बजे दुबईबाट नेपाल एयरलाइन्समा आएका एक पुरूषबाट सुन बरामद भएको विमानस्थलका प्रहरिले जनाएको छ । पक्राउ पर्नमा चितवनका हिरेन्द्र महतो छन् । उनीमाथि शंका लागेपछि प्रहरी तथा भन्सार कार्यालयको टोलीले उनको सुटकेसमा चेक गरेको थियो । उनीबाट प्रहरीले तीन वटा आइफोन तथा घडीहरू पनि बरामद गरेको छ ।