क्ञ्चनपुरको भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चौथो पर्यटन महोत्सवको तयारी थालेको छ ।
महोत्सव सञ्चालनका लागि मङ्गलबार नगरपालिकाका उप–प्रमुख सुशीला चन्द सिंह अध्यक्षताको समितिले महोत्सव गर्नेबारे सरोकारवालासँग छलफल गरेको छ । पर्यटन विकासमा टेवा पुग्ने सम्भावनालाई मध्यनजर गदै महोत्सव आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । “महोत्सवका सञ्चालनका लागि हाम्रो पहिलो बैठक बसेको छ ।” नगर उप–प्रमुखले भने–“अन्य तयारी भइसकेको छैन ।” नगरपालिकाले हरेक वर्ष फागुन ९ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकहरु भित्र्याउन महोत्सव आयोजना गर्दै आएको छ ।