काठमाडौं : संवैधानिक परिषद्को सिफारिशमा नियुक्त भएका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित एक विशेष समारोहमा संवैधानिक अंगका प्रमुखहरुलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ खुवाएका हुन् ।

त्यस्तै अन्य सदस्यहरुलाई संवैधानिक अंगका प्रमुखले शपथग्रहण गराएका छन् । राष्ट्रपतिको उपस्थितिमा भएको शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,उपप्रधानमन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत सहभागी थिए ।

नियुक्तिप्रति नै असहमति जनाएका सभामुख अग्नि सापकोटाले भने शपथग्रहण समारोह बहिस्कार गरेका छन् । सापकोटाले संसदीय सुनुवाईका लागि पठाइएको निर्णयको सक्कल प्रति फिर्ता गरेका थिए । उनी सिफारिस हुने बैठकमा पनि सहभागी भएका थिएनन् ।

उपराष्ट्रपति नन्दवहादुर पुनले पनि संवैधानिक निकायका प्रमुख र सदस्यहरुको सपथग्रहण समारोह बहिष्का गरेका छन् । पुन पूर्वमाओवादीबाट उपराष्ट्रपति बनेका थिए । प्रचण्डसँगको सल्लाहपछि उपराष्ट्रपति सपथग्रहण समारोहमा सहभागी नभएको जनाएको छ ।