सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप अभियानको सातौँ दिन मंगलबार साढे ८ सय बढि स्वास्थ्यकर्मीले खोप लगाएका छन्।

प्रदेशका १० वटा खोप केन्द्र मार्फत मंगलबार ८ सय  ६५ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको खोप लगाइएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।  कार्कीका अनुसार सेती प्रादेशिक अस्पताल खोप केन्द्र मार्फत ३ सय  र टीकापुर अस्पतालबाट एक सय जनाले खोप लगाएका छन्।  यस्तै,  बैतडीमा  ७० जना बझाङमा १ सय २, डडेल्धुरामा ३०, दार्चुलामा ६० जना, डोटीमा ६३ जना र कञ्चनपुरका १ सय ४० जना स्वास्थ्यकर्मीलाई खोप लगाएको कार्कीले बताए।