महेन्द्रनगर । दार्चुलाको माल्पा भन्ने ठाउँमा ठुलो पहिरोका कारण महाकाली नदी थुनिएको छ । महाकालीमा जम्मा भएको पानी कुनै बेला पनि फुट्न सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । मङ्गलबार सुचना जारी गर्दै प्रशासनले जुनसुकै बेला पनि पानी फुट्न सक्ने भन्दै महाकाली नदी नजिक बस्ती भएका र सो क्षेत्रमा काम गर्ने सबैलाई सचेत रहन आग्रह गरेको हो ।