काठमाण्डौँ : नेपालमा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९४६ जनाको कोरोना परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको हो ।योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७१ हजार २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २५९ जना निको भएर घर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ८५९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाले थप एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०३० पुगेको छ ।