काठमाण्डौँ : डा. गोविन्द केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन् । डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै उनले संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुईबुँदे माघ अघि सारेका छन् ।

उनले भनेका छन्, ‘आगामी कैयौं पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरु गर्ने निर्णय गरेका छौं ।’