काठमाण्डौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन पनि जित र हार विषय बनिरहेको बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए ।  उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए । अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए । संसद विघटनको जित र हारको विषयमा भइरहेको उनको भनाइ छ । ‘संसद विघटन पनि जित र हार विषय बनिरहेको छ । संसद भंग भइसक्यो। चुनाव आउन लागिसक्यो । केही मानिसहरू चुनाव हुन्न भनिरहेका छन् । केहीका लागि होइन । जिते भन्ने पार्नका लागि । चुनावै गएर जित्ने ठाउँ छ नि । तर यो फिर्ता गराउन पाए मेरो जित हुन्थ्यो भन्ने छ’ ओलीले भने ।