काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । आवश्यक कागजपत्रसहित अध्यक्षद्धयसहित स्थायी समितिका सदस्यहरु पनि आयोग पुगेका हुन् । आयोगसमक्ष नेकपा र निर्वाचन चिन्ह आफ्नो पक्षमा रहेको दावी गर्ने छन् ।