काठमाण्डौँ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा कांग्रेस र जसपालगायतका दलहरुसँग सहमति बन्न थालेको दाबी गरेका छन् । कांग्रेस र जसपामा चुनाव कि संसद् पुनर्स्थापना भन्नेबारे आन्तरिक मतभेद रहेकै बेला प्रचण्डले उनीहरुसँग पुनर्स्थापनाका लागि सहमति बन्न थालेको बताएका हुन् ।

सोमबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संसद् पुनर्स्थापनासम्बन्धी मुद्दामा अन्य दलहरुसमेत एक ठाँउमा आउने अवस्था बन्दै गएको छ । केपी गुटलाई आन्दोलनबाट धरासायी बनाउने सहमति हुन थालेको छ ।’

प्रचण्डले प्रदेश सभामा ओली समूहलाई एक्लाउने गरी कांग्रेससँग सहमति भएको दाबी गरे । ‘प्रदेशसभामा ओली गुटलाई एक्लाउने गरी हिजोमात्रै कांग्रेससँग सहमति भएको छ,’ दाहालले बैठकमा भने ।