काठमाण्डौँ : पछिल्लो २४ घण्टामा नेपालमा १५९ जना कोरोना संक्रमित थपिएका छन् । ४ हजार १४५ जनाको पीसीआर परीक्षण गरिएकोमा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज थपिएकासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

यो अवधिमा २६४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६० हजार ६०० पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४८९ छ ।

यसैबीच पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरेको मन्त्रालयको तथ्यांक छ । पछिल्लो समय संक्रमितको संख्या घट्दै जाँदा मृत्यु दर पनि घटेको छ । 

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार २९ पुगेको छ।