नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । 
सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।नेताहरुले माघ ५ मा तीन दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराउन लागिएको प्रचण्ड– नेपाल समूहले बताएको छ।