नुवाकोटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल सवारी गाडीमा नेकपा दाहाल-नेपाल पक्षका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन्। सोमबार बिहान ओली पक्षीय नेकपाको भेलामा जाने क्रममा उपप्रधानमन्त्री पोखरेल सवार गाडीमा ढुंगा हानिएको हो।

दाहाल-नेपालका कार्यकर्ताले उद्योगमन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल सवार गाडीमा पनि ढुंगा हानेका छन्। ढुंगाले उपप्रधानमन्त्री सवार गाडीमा क्षति पुगेको छ। ढुंगाले लागेर नेपाल विद्युत प्राधिकरणको एउटा गाडीको सिसा फुटेको छ। त्यही गाडीमा सवार एकजनाको पाखुरामा ढुंगाले लागेको छ। फरकधारबाट