काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजको बहस सुरु भएको छ। 

आजबाट सरकारी पक्षको बहस सुरु भएको हो। सर्वोच्चका सूचना अधिकारी देवेन्द्रराज ढकालले इजलासमा सरकारी पक्षबाट महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेको जानकारी दिए।

रिट निवेदकका तर्फबाट बहस सकिएपछि आजदेखि सरकारी पक्षका तर्फबाट बहस सुरु भएको हो। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका छन्।